नियम ६७
अन्य सेवाको लागत अनुमान
(१) अन्य सेवाको लागत अनुमान नियम ६३ को
अधीनमा रही यस नियम बमोजिम तयार गर्नु पर्नेछ ।
(२) भाडामा लिईने सवारी साधन, मेशीनरी औजार, उपकरण वा मालसामानको
भाडाको लागत अनुमान तयार गर्न सम्बन्धित स्थानीय निकायका प्रमुखले त्यस्ता
साधन, औजार, उपकरण वा मालसामान सम्बन्धी बढीमा तीन जना दक्ष
प्राविधिकहरुकोे एक समिति गठन गर्नु पर्नेछ । त्यस्तो निकायमा त्यस्ता प्राविधिक
जनशक्ति नभए अन्य सार्वजनिक निकायका प्राविधिकलाई समावेश गर्न सकिनेछ ।
(३) उपनियम (२) बमोजिमको समितिले भाडाको लागत अनुमान तयार गर्दा
देहायका कुरालाई विचार गरी लागत अनुमान तयार गर्नु पर्नेछ ः–
(क) भाडामा लिईने आवश्यक पर्ने सवारी साधन, मेशिनरी औजार, उपकरण
वा मालसामानको विवरण, स्पेसिफिकेशन, अवस्था र आयु,
(ख) प्रचलित बजार दर,
(ग) भाडामा लिने अवधि,
(घ) ईन्धनको मूल्य र खपत,
(ङ) उपनियम (२) बमोजिमको समितिले उपयुक्त ठह¥याएको अन्य कुरा ।
(४) ढुवानीको लागत अनुमान तयार गर्दा जिल्लास्तरको स्थानीय निकायको
हकमा सम्बन्धित जिल्लाको दररेट निर्धारण समितिले निर्धारण गरेको दररेटको
आधारमा र त्यस्तो दररेट नभएको अवस्थामा प्रचलित बजार दररेटको आधारमा
लागत अनुमान तयार गर्नु पर्नेछ ।
(५) कुनै मालसामान मर्मत सम्भार गर्नु पर्दा सम्बन्धित निकायमा त्यस सम्बन्धी
विशेषज्ञ वा दक्ष कर्मचारी भए त्यस्तो कर्मचारीबाट र त्यस्तो कर्मचारी नभए त्यस्तो
काम गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाबाट यस नियमावलीको प्रकृया पूरा गरी
लागत अनुमान तयार गर्नु गराउनु पर्नेछ ।
(६) घर भाडा र सेवा करार सम्बन्धी लागत अनुमान तयार गर्दा प्रचलित
बजार दर र सार्वजनिक खरिद अनुगमन कार्यालयले सो सम्बन्धी नम्र्स जारी गरेको
भए सो नम्र्स अनुसार मोटामोटी लागत अनुमान तयार गर्नु पर्नेछ ।